बागमती प्रदेशमा एमाले सहभागी , थपलियाले लिए मन्त्रीको शपथ

19.7k Shares

काठमाडाै- बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । एमालेबाट संसदीय दलका जगन्नाथ थपलिया मन्त्री नियुक्त भएसँगै एमालेले सरकारमा प्रवेश भएकाे हाे ।  

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।  

नेता थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागी भएका हुन् । उनी गत २०७९ पुस २६ मा पहिलो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए । करिब ४ महिना सरकारमा रहेका उनी राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण परिवर्तन भएपछि एमाले सरकारबाट अलग भएका थिए । 

सम्बन्धित समाचार