महोत्तरीमा गोली प्रहार गर्दै लुटपाट, एक महिला घाइते

16.9k Shares

 महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ मा गए राति लुटपाट भएको छ ।
स्थनीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले लुटपाट गरेको हो ।
लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ ।
एसपी विष्टका अनुसार डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

सम्बन्धित समाचार