अमेरिकाद्धारा नेपाललाई कोभिड-१९ खोप उपलब्ध गराउने घोषणा

17.6k Shares

काठमाडौं ।  अमेरिकाले नेपालसहित कोरोना महामारीसँग जुधिरहेका १६ एसियाली मुलुकलाई कोभिड-१९ खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालस्थित् अमेरिकी दूतावासले भनेको छ-#COVID19 vaccine update भ्याक्सीन सम्बन्धी पछिल्लो अपडेट: हामी विश्वव्यापी रूपमा नै कोभीड-१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड-१९ भ्याक्सीन सहयोगको घोषणा गर्नुभएको छ। कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्-१९ भ्याक्सीन प्राप्त गर्नेछन्। हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ ।”

सम्बन्धित समाचार