16.8k
Shares
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को छैटौँ विकेट लिएको छ । पीएनजीको छैटौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् । कुशल भुर्तेलले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई बिबेक यादबद्वारा क्याच गराएका हुन् ।
पेभेलियन फर्किनुअघि टोनीले अर्धशतक बनाएका थिए । उनले केवल ३७ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । १३.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १३ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।