16.6k
Shares
काठमाडौं, २० जेठ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ८ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ६७ हजार ४ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७५ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ८३९ तथा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ९०४ जना संक्रमणमुक्त भएका छन् ।