साफ यू-१६ महिला च्याम्पियनसिप : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

18.5k Shares

काठमाडौं- साफ यू-१६ महिला च्याम्पियनसिप अन्तर्गत बिहीबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। लिगको अन्तिम खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ।

आजको खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

चार टोली सम्मिलित च्याम्पियनसिपमा नेपाल र भारत दुवै टोली यसअघिका खेलमा बंगलादेशसँग पराजित भइसकेका छन् भने दुवै टोलीले भुटानलाई पराजित गरेका छन्।

घरेलु टोली नेपाल पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको थियो। त्यसपछिको खेलमा भने भुटानलाई ३-० ले पराजित गरेको थियो।

भुटानलाई पहिलो खेलमा ७-० ले हराएको भारत दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो। 

सम्बन्धित समाचार