इटहरीमा आगलागी, महिलाको मृत्यु

16.3k Shares

इनरुवा । सुनसरीको इटहरीमा आगलागीमा परी महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । स्थानीय विष्णु खड्काको घरमा गएराति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी पहिलेदेखि नै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आएकी थिइन् । 

सम्बन्धित समाचार