हाम्रा पुर्वजहरूले गाँजालाई अमृत वुटिको रूपमा लिने गर्दथे । यसको छुट्टै महिमा र महत्व थियो । त्यतिवेला हरेक घर—घरमा गाँजालाई पाली वा दलानमा सिउरिएर राख्ने प्रचलन व्याप्त थियो । घर पालुवा जनावर वा मानीसहरूलाई गाँजा औषधीका रूपमा खुवाउने चलन थियो । घरपालुवा जनावरको पेट विग्रेमा गाँजालाई पिठोको डल्लामा मिसाएर दिने चलन थियो । गाँजाको चोप र छोहडा घोटेर मिसाई जातीकारीको रूपमा साना—साना वच्चालाई राम्रोसँग निदाउनको लागी सानो सानो मात्रामा खुवाउने चलन थियो । ठुलो मानिसहरूको पनि पेट विग्रेमा गाँजा खुवाउने गरिन्थ्यो । यसरी विभिन्न औषधीको रूपमा गाँजा प्रयोग हुने हुदाँ यसलाई अमृत बुटि भनिन्थ्यो ।
सदियौदेखि नै नेपालमा सनातन धर्म थियो र छ पनि । सनातन धर्मको आधिकारीक पुस्तक चार वेद मध्य अर्थव वेद एक थियो । यस अथर्व वेदमा गाँजा धेरै औषधीहरू बनाउन मिल्ने महत्वपुर्ण जडिवुटि हो र त्यस्ता औषधीहरू बनाउने बिधीहरू पनि राम्रोसँग लेखिएको छ । उक्त अर्थव वेदमा गाँजावाट वन्ने विभिन्न पदार्थहरू सेवन गरेमा यसले मानवहरूलाई शान्ति दिने, खुसि दिने, ध्यान लगाउने र स्वस्थ बनाउने कार्यहरू गर्छ भन्ने उल्लेखित छ ।
सनातन धर्मको कुरा गर्दा भगवान शिवलाई बिर्सन हुँदैन । सनातन धर्मका अनुसार सत्ययुगमा देव र दानव मिलेर समुन्द्र मन्थन गर्दा हलाहल विष निस्किए छ त्यस विषले संसारै जलाउन लागेछ । त्यस्तो भयावह अवस्था देखेर भगवान शिवजीले संसारलाई बचाउन उक्त हलाहल विषको सेवन गर्नु भएछ । यस विषले गर्दा भगवानलाई ठुलो डाहा र छटपटी भएछ र त्यो विष समन गर्न भगवान शिवजीले हिमालय तिर लाग्नु भएछ र त्याहाँ जाँदा उहाँले गाँजाकै प्रयोग गरी उक्त विष समन गर्नु भयो भनी शिव पुराणमा उल्लेखित छ ।
शिव पुराणका अनुसार एक दिन शिवको परिवारमा झगडा भएछ । यस झगडावाट शिवजी रिसाएर पृथ्वीलोकमा सुत्न जानु भएछ निन्द«ा वाट विउँझिदा त शिवजी गाँजाको वोटमुनी पो सुत्नु भएको रहेछ । त्यसलाई मिचि सेवन गर्दा शिवजीलाई आनन्द आएछ । उहाँ तनाव मुक्त भएर घरमा जानु भएछ । त्यसै दिन पछि शिव भगवानलाई गाँजा अति प्रिय वस्तु भएको हो भन्ने किंम्वदन्ती चलेको हो ।

लिच्छवी कालमा त नेपालमा सुवर्ण युगमा थियो । मल्लकालमा र शाह कालमा पनि नेपाली सुखि थिए किनकी तत्कालीन शासकहरू धर्म प्राण थिए ति जनताको भलो सोचेर शासन तथा महत्वपुर्ण निर्णयहरू गर्दथे । शासन व्यवस्थाको आधार नैतिकता थियो । उनीहरु इश्वरको नाममा सपथ खान्थे त्यसैले उनीहरु घुस खादैन थिए, वेइमानी गर्दैन थिए । तर हालका शासकहरू सनातन धर्म परम्परा र वैदिक पद्धतीलाई त्यागी केवल आफ्नो स्वार्थका लागी देशलाई दिन पर दिन विदेशीको व्रिmडास्थल बनाई रहेका छन् भने आफु उनीहरूको दलाल वनि देशलाई दरिद्र र नेपालीहरूलाई दुःखी वनाई रहेका छन् ।
दोस्रो विश्वयुद्ध पछि अमेरिकाले आर्थिक क्रान्ती गरी आफ्नो देशलाई समृद्ध र विकसित वनाउँदै लग्यो । त्यतिनै वेलादेखि हाम्रा राजा महेन्द्रले पनि गाँजालाई आफ्नो देशको आम्दानिको दरीलो श्रोतको रूपमा परिचालन गरेका थिए । त्यतिवेला नेपालका पहाडी जिल्लाहरूमा मात्रै होइन तराईका प्रायः सवै जिल्लाहरूमा गाँजाको उत्पादन तथा विव्रmी वितरण हुने गर्दथ्यो । नेपाली जनताहरूले प्रसस्तरूपमा यो गाँजालाई वेचेर आम्दानी गर्ने गर्दथे । त्यति वेला गाँजाको बर्षीक निर्यातनै करिव १ करोड रुपैयाँ जतीको हुने गर्दथ्यो । यो निर्यातले राष्ट्रनै आर्थिक रूपमा समृद्ध हुँदै आएको थियो भने जनताहरू धनि हँुदै गइरहेका थिए । गाँजा नेपाली आर्थिक संमृद्धीको मियोको रूपमा रहेको थियो । केहि समय पछि अमेरीकाले सन १९३७ मा हिरोइन, कोकीन, ब्राउन सुगर, निकोटिन युक्त चुरोट, हिस्की जस्ता पदार्थहरूको प्रयोगले आफ्ना जनताहरू विग्रन्छन् भन्ने ठानेर उक्त वस्तुहरुको उत्पादन, विक्री र सेवनमा प्रतिवन्ध लगाउनुका साथै गाँजालाई पनि प्रतिवन्ध लगायो । तर केही ठुला अमेरीकी कागज व्यापारीहरूले गाँजाको वोटवाट ४ महिनामा नै लोक्ता तयार हुने त्यसवाट राम्रो कागज तयार हुने तर अरु विरुवावाट कागज तयार गर्न ५, ७ वर्ष लाग्ने त्यस्तो कागजले प्रतिस्पर्धा गर्न गाह्रो हुने पहिलो वाईवल र अमेरीकी पहिलो झण्डा पनि गाँजाका कागज र कपडाबाट वनेको हो भन्दै प्रतिरोध गरी सो प्रतिवन्ध फुकुवा गर्न अनुरोध गरे तर अमेरीकी सरकारले पछि औषधी उत्पादनमा मात्र सिमित प्रयोग गर्न पाउने भनि उक्त प्रतिवन्धलाई हल्कारूपमा खुला ग¥यो ।
सन १९६८ को फ्रान्सेली क्रान्ती, दोस्रो तथा पहिलो विश्व युद्ध, भिएतनाम युद्ध जस्त युद्धका विभिषीकावाट दिक्क भएर संसारको मोह मायाबाट विरक्त भएर अमेरिका सहित पश्चीमी राष्ट्रहरुका युवाहरू हिस्पी भएर विभिन्न राष्ट्रहरू घुम्दै टर्की तथा गोवा हुदै क्याराभान भ्यान तथा डवल डेकर वसहरू लिएर काठमाडौँ आउन थाले । हिप्पीहरुको ठुलो संख्या काठमाडौँमा देखिन थाल्यो काठमाडौँमा त्यतिवेलासम्म गाँजा तथा चरेसको उत्पादन र सेवनमा कुनै प्रतिवन्ध थिएन । हिप्पीहरू त्यही गाँजा र चरेस सेवन गरी मस्त भएर काठमाडौँलाई आफ्नो मुक्तीको थलो वनाई रहेका थिए । त्यस वखत एक इन्डियन व्यापारीले मरूहिरीको नजिकैको एक घरमा घ्यासील सेन्टर भनेर गाँजा र चरेसको पसल खोली जुन ठाउ हिप्पीहरुको केन्द्र वन्न गयो र उक्त ठाउँ र पसल साधुरो हुन गयो । अनी त्यस्ता घ्यासिस सेन्टरहरू स्वयंभु, वौद्ध, न्युरोड सवै तिर खुल्न गयो जसले गर्दा हिप्पीहरू सवै ठाउँतिर फैलिए हिप्पीहरूका झुण्डहरू काठमाडौँ भरिनै देखिन थाले । त्यस समय गाँजा तथा चरेस ठुलोमात्रामा व्यापार हुन थाल्यो । हिप्पीहरूको कथामा आधारीत फिल्म एक इन्डीयन फिल्म निर्माताले हरे कृष्ण हरे राम नाम राखेर काठमाडौँमा सन १९७१ मा सुटिङ्ग गरि निर्माण गरे । त्यस फिल्मको गित दम मारो दम मिट जाए हम, जय शिव स्याम, हरे कृष्ण हरे राम भन्ने गीत विश्व प्रसिद्ध भयो र नेपालको काठमाडौँ हिप्पीहरूको स्वर्ग हो भन्ने भनाइ वैशीकरूपमा नै स्थापीत ग¥यो । त्यस्तै त्यस वेलाका विश्व प्रसिद्ध रक सिंगर क्यार स्टीभेन्सन र बव सेगरले काठमाडौँ भन्ने गित गाए पछि त काठमाडौँ हिप्पीहरूको स्वर्ग नै हो भन्ने मान्यतालाई वैश्वीकरूपमा नै स्थापित ग¥यो । हिप्पीहरू झन झन ठुलो झुण्डहरूमा काठमाडौँ आउन थाले । सन १९७४ मा एफडि भोलवा मालले हिप्पी धर्म भन्ने किताव लेखे पछि त संसार भरिका हिप्पीहरूले अन्तीम लक्ष्य नै काठमाडौँ जानी र वस्ने हुन गयो । काठमाडौँ हिप्पीहरूको राजधानीको रुपमा स्थापीत भयो । यस्तो अवस्था देखेर अमेरिकासहित पश्चीमा मुलुकले संयुक्त राष्ट्र संघ मिली नेपाल सरकारलाई विभिन्न प्रलोभन तथा धाक धम्की दिई गाँजालाई पनि अन्य लागुपदार्थलाई जस्तै प्रतिवन्ध लगाउन लगायो । विदेशी गोटी वनेको तत्कालीन सरकारले नेपाल र नेपालीलाई समृद्ध वनाउने गाँजा जस्तो महत्वपुर्ण श्रोतलाई निषेध ग¥यो । त्यसपछि सारा नेपालीहरूको आम्दानी सुक्न थाल्यो देश दिनानुदिन गरिव र परनिर्भर हुन थाल्यो । नेपाली अर्थतन्त्र माथी र नेपाली सनातन धर्म तथा जीवन पद्यती माथी यो ठुलो कुठाराघात थियो ।
गाँजा नियन्त्रित रूपमा खाएमा कुनै असर हँुदैन । धेरै त अमृत खाए पनि विष हुन्छ भन्ने तत्थ्य नवुझी नेपालको गाँजा विश्वकै सवभन्दा राम्रो गाँजा हो भन्ने तथ्य मनन् नगरी गाँजावाट नेपालमा आर्युवेदिक अस्पतालहरू र वैधखानाहरूले हैजाको, स्वास प्रस्वास सम्वन्धी रोगहरूको, मानसिक रोग, रुघा खोकीहरूको, कुपोषण, ज्वरोको, पेट सम्बन्धी औषधीहरू बन्छन् भने तथ्यलाई विर्सिई केवल विदेशीको गोटी बनी नेपाल सरकारले गाजाँलाई प्रतिबन्ध लगाउँदा वा नेपाल दरिद्र मुलुको रूपमा दरिन पुग्यो । गाजाँको लोक्ताबाट उच्च स्तरीय कपडा र कागजहरू बन्छ, भने तथ्यलाई लत्याउँदा नेपाल उक्त वस्तुहरूमा परनिर्भर हुन गयो । उक्त गाँजा माथीको प्रतिबन्ध तत्कालीन सरकारको नेपाली अर्थतन्त्र माथीको निर्मम प्रहार थियो ।

आज देश आर्थिक रूपमा परनिर्भर भई रहेछ देशका यूवाहरू आफ्नो देशमा काम नपाएर विदेशमा काम गर्न लाखौको संख्यामा पलाएन भई रहेको छन् । देशमा यूवाहरू रित्तिएर ‘‘वृद्ध आश्रम” को रुपमा परिणत भएर गई रहेछ । तर अहिलेको गणतन्त्रवादी नेपाल सरकार अझै पनि गाजाँ माथिको प्रतिबन्ध कायम गरेरै बसेको छ । जब कि अमेरिका र युरोपका कयौ देशहरूमा गाजाँमाथि लागेको प्रतिबन्ध हटिसकेको छ ।
यदि नेपालीलाई फेरि आत्मा निर्भर र नेपाललाई समृद्ध बनाउने हो, किसानलाई धनी बनाउने, देशमा रोजगारी सिर्जना गर्ने हो भने तत्काल गाँजा माथीको प्रतबन्ध खुल्ला गरी यसबाट बन्ने औषधी, कपडा, कागज उत्पादन कारखानाहरू खोल्नु र त्यसमाथी अनुसन्धान गर्न जरूरी भइसकेको छ, किनकि नेपालमा सबै खाले भूगोल हावापानी र जमिनहरूमा झन्डै सुन्य लागतमा गाजाँ छिटो छिटो उत्पादन हुन्छ । यसबाट बनेको औषधी सहित अन्य वस्तुहरुको विश्व बजारमा ठूलो माग छ । त्यसैले अहिले संसदमा पेश भएको गाजाँ माथिको फुकुवा गर्ने आवाजलाई सर्वसम्मत रूपले पास गरी नेपालमा गाजाँमाथीको प्रतिबन्ध फुकुवा गर्नु पर्दछ । यो अत्यन्तै जरूरी भैसकेको छ । यसैले गाँजा खेती प्रसोधन र निर्यात नेपाली संमृद्धीको आधार भनिएको हो । सवैलाई चेतना भया ।