दीपेन्द्र ऐरीले लिए नामिबियाको चौथो विकेट

19.6k Shares

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो विकेट गुमाएको छ । नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।  दीपेन्द्रले नामिबियाका पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई चार रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । १७.३ ओभरमा जन फ्राइलिंक आउट हुँदा नामिबियाले चार विकेट गुमाएर ८६ रन बनाएको छ । 

तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको ब्यक्तिग स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाको छ ।  त्यसअघि नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको थियो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो । 

नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो ।

सम्बन्धित समाचार