कोरोना भाइरस नफैलियोस भनेर ललितपुरका ३ गाउँपालिकाद्वारा सार्वजनिक यातायात सञ्चालनमा रोक

18.1k Shares

ललितपुर । कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च भएपछि ललितपुरको दक्षिण भेगमा रहेका ३ वटा स्थानीय तहले आजदेखि सार्वजानिक यातायात सञ्चालनमा रोक लगाएको छ ।
ललितपुरको कोन्ज्योसोम, बागमती र महाँकाल गाउँपालिकाले आज (भदौ १ गते) देखि भदौ १५ गतेसम्मका लागि सार्वजानिक यातायात सन्चालनमा रोक लगाएका हुन् ।
आइतबार बसेको तिनैवटा गाउँपालिकाको बैठकले कोरोनाको जोखिम न्यूनिकरणका लागि यातायात चलाउन नदिने निर्णय गर्दै ठाउँठाउँमा चेकपोष्ट राखेर कडाई गरिने भएको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङतानले जानकारी दिए ।
गाउँपालिका कार्यालयबाट दिइने अत्याआवश्यकिय सेवा बाहेक अन्य सेवा पनि १५ दिनका लागि आजदेखि बन्द हुने उनले बताए ।
दुध, तरकारी र खाद्यन्न बोक्ने गाडीमा चालक र सहचालक मात्रै बसेर चलाउन पाइने अध्यक्ष सिङतानको भनाइ छ ।

सम्बन्धित समाचार