सूर्यदर्शन ठगी प्रकरण : सञ्चालक भट्टराई पुर्पक्षका लागि कारागार चलान

19k Shares

काठमाडौं- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि कारागार चलान भएका छन‍्। उनलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको कास्कीका एसपी मोहन थापाले बताए।

सुनसरी जिल्ला इनरुवा नगरपालिका- ५ घर भएका भट्टराई गत बिहीबार काठमाडौं गोकर्णेश्वर नगरपालिका- ४ माकलबारीबाट पक्राउ परेका थिए। बिहीबार १ बजे दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको प्रहरीले जनाएको छ।

एपी थापाका अनुसार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेर जेल चलान भएका छन् भने जिबी सहित १४ अझै फरार छन्। सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्।

सम्बन्धित समाचार