एकदिवसीय शृंखला : क्यानडाविरुद्ध खेल्दै नेपाल

19k Shares

काठमाडौं । एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज नेपाल क्यानडाविरुद्ध खेल्दै छ । खेल बिहान ९ः१५ बाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि शनिबार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । 

बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो ।

सम्बन्धित समाचार