सिआइबीसँगकाे बयानमा अरुणले भने- जग्गा फिर्ता गर्न म तयार छु

19k Shares

काठमाडौं- बाँसबारीस्थित १० रोपनी सरकारी हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीले जग्गा फिर्ता गर्न तयार भएकाे बताएका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँगकाे बयानमा चाैधरीले यस्ताे बताएका हुन्। हाल उनी सिआइबीको नियन्त्रणमा छन् ।

काठमाडौं जिल्ला अदालतले व्यवसायी चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे थियाे। उनलाई सिआइबीले बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेको थियो।यस्तै, अदालतले सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियाे।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुवै जनालाई ग्राण्डी अस्पताल सारिएको छ।प्रहरीको थुनाकक्षमा नबसी चौधरी र थापा बिरामी भएको बहानामा महाराजगञ्जस्थित चिरायु अस्पतालमा बसेका थिए। चिरायुकै सिफारिसमा उनीहरूलाई शुक्रबार अझ सुविधा सम्पन्न अस्पताल ग्राण्ड सारिएको हाे।दुवै जना उच्च रक्तचाप मुटुको रोगी भएको बताइएकाे छ।

सम्बन्धित समाचार