दलको नेता फेर्ने निर्णय तत्काल सच्चाउन माओवादीको निर्देशन

16.4k Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा प्रदेश संसदीय दलको नेता परिवर्तनपछि लफडा भएको छ । एक पक्षले प्रदेश संसदीय दलको नेता परिवर्तन गरे लगत्तै उक्त निर्णय तत्काल सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ ।

प्रदेश अध्यक्ष हरिराम चौधरी(उत्सव) को अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो ।

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन सरकार परिवर्तन गर्ने भन्नेबारेमा ध्यानाकर्षण भएको भन्दै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

‘प्रदेश कमिटीले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्नसमेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार