हुण्डी कारोबारका आरोपित दुई जना पक्राउ

20.3k Shares

काठमाडौं – हुण्डी कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र काठमाडौं नयाँबस्तीका ३० वर्षीय विश्वास राई छन्। 

प्रसाईँको अनामनगरस्थित घरबाट अवैध हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएका सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट ३० लाख १८ हजार बरामद भएको छ। पक्राउ परेकाहरू विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए।

सम्बन्धित समाचार