काठमाडौँ मलका व्यवसायीमाथि महानगर प्रहरीको हातपात

18.5k Shares

काठमाडौँ । काठमाडौँ मलका व्यवसायीमाथि काठमाडौँ महानगरपालिका प्रहरीले हातपात गरेको आरोप लागेको छ । महानगर प्रहरीले हातपात गरेको भन्दै सोमबार उनीहरुले काठमाडौँ महानगरपालिका अगाडि भेला भई प्रदर्शन गरेका हुन् ।  व्यवसायीहरुले आफूहरु सञ्चय कोषको काठमाडौँ मलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताए । 

व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरुलाई अपमान गरेको बताए । उनले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरुमाथि धरपकड गरेको बताए । त्यस्तै काठमाडौँ मल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरुलाई आतंककारी शैलीमा धरपकड गरेको बताए । उनले महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरुमाथि हातपात गरेको बताए । 

त्यस्तै अर्का व्यवसायी मुरारी कोइरालाले सञ्चय कोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरु व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए ।उनीहरुले महानगर र सञ्चय कोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए ।  

सम्बन्धित समाचार