बालिकामाथि सामूहिक बलात्कार प्रकरण : आरोपी पाँचै जनालाई थुनामा राख्न अदालतको अनुमति

18.8k Shares

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेका पाँचै जना आरोपीमाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ।

सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गर्नुका साथै थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेका पाँचै जनालाई १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले बताए।

उनले सबैलाई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए। तीन दिन अगाडी ३ जनालाई नियन्त्रणमा लिएर १३ दिनसम्म म्याद थप गरेकोमा आज थप दुई जना लाई १३ दिन म्याद थप गर्ने अनुमति पाएको प्रहरीको भनाइ छ।

सामूहिक बलात्कारमा परेकी बालिका स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।

सम्बन्धित समाचार