काठमाडौं । देशमा चौतर्फी गुण्डागर्दी मौलाइरहेका बेला आज देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा दिनदाहाडै चक्कु आक्रमण भएको छ ।रकम लेनदेनका नाममा डाकिएका गुण्डाले आक्रमण गरेको स्रोतले जानकारी गराएको छ । दुई जना घाइते छन् । एक जनाको धारिलो हतियार आक्रमणबाट हातमा गहिरो चोट लागेको छ भने अर्काको कोखामा धारीलो हतियार आक्रमण भएको छ । दुबै जनाको ट्रमा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणकारीको व्यापक खोजतलास गरिरहेको बताइएको छ ।
‘बफ’ नाम गरेका न्यूरोड क्षेत्रका डनको नेतृत्वमा गएको टोलीले आक्रमण गरेको बताइए पनि प्रहरीले भने आक्रमणकारी समात्न खासै चासो दिएको छैन । साथै, घटनालाई पनि सामान्य बताएर स्वयम् प्रहरीले नै गुण्डागर्दीलाई प्रश्रय दिनुलाई आश्चर्यका रुपमा लिन थालिएको छ ।