17.7k
Shares
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कुपण्डोलमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सभा सम्पन्न भएको छ ।
सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्वीकृत भएको छ । साथै कम्पनीको सञ्चालक समितिमा चार जना सञ्चालकहरू रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।