काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएपछि आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ ।
जसपा मधेस प्रदेश, लुम्बिनी प्रदेश र सङ्घीय सरकारमा सहभागी भएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ । सो प्रतिवेदन राजनीतिक संशोधनसहित पारित गरेको छ ।राजनीतिक समितिबाट पारित सो प्रतिवेदन आजको केन्द्रीय समितिमा पनि पेस हुन्छ र त्यसमाथि छलफल गरी पारित हुने जसपाका अर्थ विभाग प्रमुख विजय यादवले बताए ।