ललितपुर । क्वेष्ट इन्टरनेशनल कलेज परिसरमा आज बिहीबार 'नेवारी सुकुल भोज' कार्यक्रम आयोजना भएको छ । बिएचएम फिफ्ट थिम् इभेन्टद्धारा कलेजको परिसरमा उक्त कार्यक्रमा आयोजना भएको हो ।
नेपाली कल्चरलाई प्रथामिकतामा राखेर यसलाई प्रोत्साहन गर्ने हेतु र सबैलाई नौलो र मीठो स्वाद पस्किन यस किसिमको कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।
नेवारी समुदायको परिकारमाथि मात्र लक्षित आजको कार्यक्रममा दुई सय पचासको टिकट काटेर भरपुर नेवारी भोजको स्वाद लिनसक्ने व्यवस्था मिलाइएको थियो भने परिकारहरुमा चिउरा, ड्याकुला, विभिन्न थरीको अचार, बफ चिकेन छोयला, आलुतामा, साग, दही, थ्वोँ आदिको खानेकुरा समाबेश गरिएको थियो ।
बिएचएम फिफ्ट सेमिष्टरका ६२ जना विद्यार्थीहरुको संयुक्त योगदान रहेको उक्त कार्यक्रममा तीनसयभन्दा बढी अतिथीहरु सहभागी भएर खानाको स्वादसँगै नेवारी कल्चरको माैलिक भाँडाकुँडाकाे अवलाेकन, बाजाकाे ताल र लाखे नाचको नृत्यबाट आनन्द लिएका थिए ।
कार्यक्रममा कलेजको फेकल्टी, प्रमोटर, अभिभावकको बाक्लो उपस्थिती रहेको थियो । विहान ११ बजेदेखि शुरु भएको उक्त कार्यक्रम अपरान्ह दुई बजे समापन भएको थियो ।
क्वेस्ट ईन्टरनेशनल कलेजले समयसापेक्ष विधार्थीहरुको पठनपाठन सँगै व्यवहारिक ज्ञानको समेत वृद्धि गर्ने हेतु सह-पाठ्यक्रम तथा अतिरिक्त जीवनोपयोगी कार्यक्रमहरुलाई निरन्तरता दिँदै आइरहेको छ ।















