भीमाद दुर्घटनाः घाइते १ जनाको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

18.3k Shares

काठमाडौँ । भीमाद नगरपालिका- ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा घाइते १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए । मृतकको पहिचान खुल्न बाँकी छ ।पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुवहाक जीप दुर्घटनामा विहान साढे ९ बजे दुर्घटना भएको हो ।

ग १ ज ७५३४ नम्बरको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटरतल खसेको थियो । जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो ।थप उपचारका लागि ३ जनालाई पोखरा रेफर गरेको गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार