कामना सेवा विकास बैंकको 'सीएसआर'मा डस्टबिन हस्तान्तरण

19k Shares

काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले  हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गरेको छ ।

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापा मार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख श्री मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

सम्बन्धित समाचार