विज्ञता भएका विषयमा मात्रै सार्वजनिक रुपमा बोल्न स्वास्थ्यकर्मीलाई आग्रह

16k Shares

काठमाडौं ।  नेपाल स्वास्थ्य व्यवसायी परिषदले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ बारे आफ्नो विज्ञताभन्दा बाहिर गएर नबोल्न आग्रह गरेको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीलाई आफ्नो विज्ञता भएका विषयमा मात्र सार्वजनिक रुपमा बोल्न र सुझाव दिन सूचित गरेको हो ।

“स्वास्थ्यकर्मीहरुले आफ्नो लेख, भनाई, अन्तर्वार्ता आदिमार्फत आफ्नो विज्ञता बमोजिमको विचार प्रस्तुत् गर्दा आफूले प्राप्त गरेको ज्ञान र वैज्ञानिक तथ्यका आधारमा मात्र व्यक्त गर्न अनुरोध छ ।  आफ्नो विज्ञताभन्दा बाहिरको विषयमा सार्वजनिक रुपमा राय दिन तथा रोगको उपचार, निदान इत्यादि विषयमा राय प्रस्तुत गर्दा आफू दर्ता भएको परिषदले दिएको विषय र कार्यक्षेत्रको दायरमा भत्रि रहेर गर्नुहुन स्मयरण गराइन्छ,”  सूचनामा उल्लेख छ ।

 

सम्बन्धित समाचार