19k
Shares
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले सोमबार दोस्रो विज्ञापन जारी गर्दै दरखास्त आह्वान गरेको हो।
उपकुलपतिका लागि दरखास्त आह्वान गर्दै यसअघि शुक्रबार विज्ञापन जारी भएको थियो। उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि उक्त विज्ञापनको व्यापक विरोध भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त व्यवस्था हटाएर पुन: विज्ञापन जारी गर्न निर्देशन दिएपछि यसअघि पुस २० गते, शुक्रबार प्रकाशित भएको विज्ञापन रद्द भएको थियो।