काठमाडौं– सात गोलको वर्षा भएको खेलमा जिरोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ। स्पेनिस ला–लिगा अन्तर्गत बुधबार राति भएको खेलमा जिरोनाले एथ्लेटिको मड्रिडमाथि ४–३ को जित निकाल्यो।
खेलको दोस्रो मिनेटमै गोल गर्दै जिरोनाले अग्रता बनाएको थियो। भेल्री फर्नान्डेजले दोस्रो मिनेटमा गोल गरेपछि जिरोनाले अग्रता बनाएको थियो। १४ औं मिनेटमा अल्भोरो मोराटाले गोल गरेपछि खेल बराबरीमा आएको थियो।
२६ औं मिनेटमा सेभिओले अर्को गोल गरेपछि जिरोनाले पुनः २–१ को अग्रता बनायो। ३९ औं मिनेटमा ब्लाइन्डले गोल गरेपछि जिरोनाले पाहुना टोली एथ्लेटिकोमाथि ३–१ को अग्रता बनाएको थियो।
तर १४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए। लगत्तै ५४ औं मिनेटमा अर्को गोल गर्दै मोराटाले ह्याट्रिक गरेपछि खेल ३–३ को बराबरीमा आएको थियो।
निर्धारित ९० मिनेटसम्म खेल ३–३ को बराबरीमा रोकिएको थियो। तर त्यसपछि थप गरिएको अतिरिक्त समयमा इभान मार्टिनले गोल गरेपछि जिरोनाले ४–३ को जित निकाल्यो।