ललितपुर । ललितपुर ग्वार्को अवस्थित क्वेष्ट इन्टरनेशनल कलेजको परिसरमा आज बुधबार बिजनेस प्रोटोटाइप स्वकेश इभेन्ट सम्पन्न भएको छ । अन्तर प्रेरणा र क्वेष्ट कलेजको टेक्निकल एक्सर्पटिज्मा आजको कार्यक्रम आयोजना भएको हो । बिहान ९ बजेदेखि आरम्भ भएको उक्त कार्यक्रममा ६ वटा स्टलमा विद्यार्थीहरुले इनोभेटिभ आइडियाहरुलाई फरक ढंगले प्रस्तुत गरेका थिए । ग्राजुएट सकिएपछि विद्यार्थीहरु आफै स्वाबलम्बन बनी नबिनतम बिजनेश गर्ने अवसर जुटोस् भन्ने उद्देश्यका साथ आजको कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालमा केही छैन भनेर विदेश जाने लहर चलिरहेको वर्तमान अवस्थामा आफ्नै विजनेश, स्टार्टअप गरेर, इप्लोई जेनरेट गरी विजनेश मोडेल आइडियालाई प्रडक्ट डेमोन्स्ट्रेसन सिमुलेसनमार्फत जानकारी गराउन आजकाे कार्यक्रम आयोजना गरिएकाे थियाे भने विद्यार्थीहरुकाे आइडियालाई रिफाइन्ड गर्दै बेस्ट आउटपुट रिजल्ट दिन आजको कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।
३ घण्टाको सो कार्यक्रममा आगन्तुकहरुकाे राम्रो प्रतिक्रियाले सबैकाे ध्यानाकर्षण गराएको थियो । कार्यक्रमले थियोरीकल एजुकशेनलाईभन्दा पनि प्रक्टिकल बेस एजुकेशनलाई प्रोत्साहन दिने काम गरेकाे थियाे । आजको कार्यक्रममा इभेन्टले मार्केट सिनारियोलाई नजिकबाट अबलोकन गर्ने अवसर जुटेकाे देखिन्थ्याे भने कोर्सको मोड्युलाई प्राक्टिकल रुपमा नियाल्न सकिने वातावरण समेत बनेकाे थियाे।
सृजनशीलतालाई उजार गरी विद्याथीहरुलाई बिजनेशमा दक्ष बनाउनु यस किसिमको कार्यक्रम कलेजको परिसरमा राखिएको कलेजले जानकारी गराएको छ ।
विभिन्न क्षेत्रबाट सयौँ आगन्तुकहरु आजको कार्यक्रममा सहभागी भएको थियो जसमा ललितपुर नेपाल चेम्बर कमर्श, एसओएस लगायत देशका जनप्रतिनिधीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले फिडबेक सेसनमार्फत स्टलमा भएका कुराहरुलाई डेमोन्स्ट्रेसन गरी चित्तबुझ्दो जवाफ दिन सक्षम भएका थिए ।
सहभागी स्टलहरुमध्ये 'अथेन्टिक बाइट्स' बिजनेश आइडियाले हराइरहेको नेपाली खानाका परिकारहरुलाई ब्युँताउन सबै कल्चरको खानाहरु डेमाेको रुपमा प्रस्तुत गरेका थिए जसमा लगभग नेपालका सबै हाइजेनिक फुडहरू डिस्प्ले गरी आगन्तुकहरुलाई स्वाद चखाइएको थियो । त्यस्तै सर्भिस उपलब्ध गराउने आर्गेनाइजेसन 'हार्मोनी हेभन' स्टलमा विद्यार्थीहरुले सबैवर्गका व्यक्तित्वहरुलाई राहत पुग्ने सबै सुविधा उपलब्ध गराएकाे थियो जसमा स्वास्थ्यदेखि डे-कियर गिभर उपलब्ध लगायत मनोरञ्जनको ब्यबस्थादेखि घरका फुर्सदिला व्यक्तिहरुललाई सीपमूलक तालिमको माध्यमद्वारा स्वरोजगार बनाउने उद्देश्य राखेकाे थिया । अर्को स्टल 'रि-ग्रिन क्याफे'मा बिद्यार्थीहरुले खेर गइरहेको बस्तुहरुलाई कसरी रियूज गरेर प्रडक्टिभ चीजको निर्माण गर्न सकिन्छ भन्ने मार्गनिर्देशन गरेकाे थियो । त्यस्तै स्टल 'मिस्टर स्क्राप'ले प्लाष्टिकबाट खेर गइरहेको चीजहरुबाट इनोभेटिभ बस्तहरुको निर्माण गरी डेली प्रयोग हुने बस्तुहरुमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने कुरा डेमाेमार्फत प्रस्तुत गरेका थिए । त्यस्तै 'फार्म टु डोर' बिजनेश आइडियाले नेपालमा कृषि सम्बन्धी उत्पादनमूलक हाइजेनिक फ्रुट्स एण्ड भेजिटेबिल्सलाई फार्म र फार्मसमार्फत कसरी फिजिकली र डिजिटली देशको कुना काप्चामा निर्यात गर्न सकिन्छ भनेर जानकारी गराएकाे थियाे । त्यस्तै अर्को 'मस फार्म' बिजनेश आइडियाले सस्तोमा कसरी घरमै कम लगानीमै डिकम्पोजिबल कच्चा पदार्थहरु प्रयोग गरी च्याउ खेती लगाएर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा अवगत गराएका थिए । कार्यक्रमा आगन्तुकहरुले आ-आफ्नो प्रतिक्रिया पनि प्रस्तुत गरेका थिए ।












