एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा आफ्नो भाग खोज्यो

17.7k Shares

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा आफ्नो भाग खोजेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन एमालेले आग्रह गरेको बताएका थिए ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्तावबारे थप बुझेर गठबन्धन दलबीच फेरि छलफल हुने जानकारी दिए । यस विषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको भन्दै उनले एमालेसँगको सहकार्य ससर्त हुने बताए ।

पुष २३ गते उम्मेदवारी दिनका लागि २० मध्ये एमालेको ९ सिटको व्यवस्थापनमा गठबन्धनको बैठक केन्द्रित भएको उनले बताए । उनले गठबन्धनको बैठक बिहीबार बिहान पुनः बस्ने र थप छलफल गर्ने जानकारी दिए ।

सम्बन्धित समाचार