बाराबाट ९३ लाख रुपैयाँ बराबरको सामानसहित एउटा ट्रक नियन्त्रणमा

16k Shares

काठमाडौँ । प्रहरीले बाराबाट ९३ लाख रुपैयाँ बराबरको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा चेकजाँच गर्ने क्रममा ट्रक नियन्त्रणमा लिएको हो।

ना ४ ख ८३५८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा बिलबिजकभन्दा बढी सामान लोड रहेको भेटिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

सम्बन्धित समाचार