16.8k
Shares
पोखरा । पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको ज्यान गएको छ । आइतबार अपराह्न सवा ४ बजे पोखरा महानगरपालिका–२६ सुन्दरीबजारस्थित पृथ्वीराजमार्गमा बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटरमा सवार युवतीहरूको उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार बिकका अनुसार ज्यान गुमाउनेमा पोखरा–२५ हेम्जा बस्ने २३ वर्षीय अनिशा खड्का र पोखरा–५ जिरो बस्ने २४ वर्षीय भावना बराल रहेकी छन् ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे छ ।