काठमाडौँ । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ । यही १७ गर्ने सभापतिको निर्वाचन विशेष कारण देखाउँदै सभामुख तुलारामको घर्तीको निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् ।
लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् । ६ समितिमा लेखासहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी छ । लामो समयसम्म विषयगत समितिले सभापतिहरूको नेतृत्वमा नपाउँदा धेरै क्षेत्रबाट आलोचना भइरहको छ।
