अस्पतालहरुलाई मानवीय संवेदनशीलता देखाउन काठमाडौंका सीडीओको आग्रह

20.5k Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी बिरुद्ध देश जुधिरहेका बेला मानवीय संवेदनशीलता देखाउन अस्पतालहरुलाई आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूले अक्सिजनको अभावका कारण विरामी भर्ना लिन नसकिने भन्दै सार्वजनिक सूचना जारी गर्न थालेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले यस्तो बताएको हो ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सूचना जारी गर्दै अक्सिजनको अभाव हुन नदिन सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् । पराजुलीले अक्सिजनको अभाव हुन नदिन अधिकतम् प्रयास भइरहेकाले बिरामी भर्ना लिन  सक्दैनौं भन्नु गैरजिम्मेवारी भएको उल्लेख गरेका छन् ।

अस्पतालहरुलाई सार्वजनिक सूचनाको नाममा सर्वसाधारणमा त्रास फैलाएको आरोप लगाएका उनले त्यसो नगर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार