काठमाडौँ । अफगानिस्तानका तीन खेलाडीले इन्डियन प्रिमियर लिग ९आईपीएल० को आगामी सिजन खेल्न पाउने सम्भावना कमजोर बनेको छ । अफगानिस्तान क्रिकेट बोर्डले उनीहरूलाई आईपीएल खेल्न दिएको अनुमति–पत्र रद्द गर्ने निर्णय गरेको छ ।
बोर्डले मजिब उर रहमान, फजाल हक फारुकी र नवीन उल हकलाई आईपीएल खेल्न दिएको अनुमति–पत्र रद्द गरेको हो । बोर्डसँग गरेको केन्द्रीय अनुबन्धनबाट बाहिरिने प्रयास गरेपछि उनीहरूको अनुमति–पत्र रद्द गरिएको समाचारमा जनाइएको छ ।
यी तीन खेलाडीले बोर्डसँग गरेको केन्द्रीय अनुबन्धनबाट बाहिरिएर विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने फ्रेन्चाइज प्रतियोगिता खेल्ने प्रयास गरेपछि बोर्डले यस्तो निर्णय लिएको हो । बोर्डले यस विषयमा छानबिन गर्न समिति पनि बनाएको छ ।