17.9k
Shares
काठमाडौं । एमाले नेता पशुपति चौलागाईंको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । वागमती प्रदेशसभा सदस्य रहेका चौलागाईं मनमोहन अस्पताल, स्वयम्भुमा उपचारका क्रममा निधन भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
“एमाले केन्द्रीय सदस्य, संविधानसभा सदस्य तथा वर्तमान वागमती प्रदेशसभा सदस्य, पार्टीका अत्यन्त निष्ठा, सरल र इमान्दार नेता पशुपति चौलागाईंको कोभिड–१९ को उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भुमा निधन भएको अपत्यारिलो खबरले सिंगो पार्टी पंक्ति मर्माहित भएको छ,” शोक सन्देशमा भनिएको छ ।