पुस २७ मा प्रथम साधारण सभा गर्दै एप्क्यान

27k Shares

काठमाडौँ– शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल ‘एप्क्यान’ले पुस २७ गते प्रथम साधारण सभाको आयोजन गर्ने भएको छ। एप्क्यानको पुस ५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त दिन काठमाडौँको लाजिम्पाट स्थित शङ्कर होटलमा साधारणसभाको आयोजना गर्ने निर्णय गरेको हो। एप्क्यान तदर्थ समितिका संयोजक प्रज्वल बस्नेतले साधारण सभामा महासचिवद्वारा प्रतिवेदन प्रस्तुत गर्नुका साथै नयाँ कार्यसमिति घोषणा गरिने जानकारी दिए । एप्क्यानले साधारण सभामा सहभागी हुन साधारण सदस्य कम्पनीहरूलाई आफ्नो आधिकारिक प्रतिनिधि मात्र पठाउन आग्रह गरेको छ।

एप्क्यान तदर्थ समितिका सदस्य हेमन्तराज दुलालले नयाँ कार्यसमिति बनेसँगै शैक्षिक परामर्श व्यवसायमा देखिएका पछिल्ला चुनौती समाधान गर्न पहल गर्ने र संस्थाको भूमिकालाई थप सशक्त बनाउन टेवा पुग्ने बताए। एप्क्यानले साधारण सभामा सहभागी हुन आफ्ना सदस्यहरूलाई सूचित गरेको छ।

सम्बन्धित समाचार