जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

14.9k Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा पर्सि मंगलबारका लागि बोलाइएको छ ।

पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार चयन गर्न बैठक बस्न लागेको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

बैठकमा आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने छ ।

सम्बन्धित समाचार