एक वर्षभित्र राम्रा र सकारात्मक काम भएका छन्ः रेखा शर्मा

16.7k Shares

काठमाडौँ ।  नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले विगत एक वर्षमा राम्रा र सकारात्मक काम भएको बताएकी छन्। विराटनगरमा प्रेस सेन्टरद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री शर्माले गएको एक वर्ष सरकारले धेरै राम्रा काम गरेको र ती कामलाई जनतासमक्ष पुर्‍याउन आग्रह गरिन्।

मन्त्री शर्माले एक वर्षको समयमा सरकारले गरेको कामकारबाहीको समीक्षा गर्दै नयाँ गियर परिवर्तन गरेर अघि बढ्ने बताइन्। सरकारले जिम्मेवारी वहन गरेको एक वर्ष पूरा गरेसँगै अब नयाँ गियर परिवर्तन गरीकन फरक र नयाँ ढंगबाट अघि बढ्ने बताइन्।

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रमा देखिएको बेथिति र अन्योल हटाउन नीतिगत र प्रशासनिक दुवै पक्षबाट काम अघि बढाइएको जानकारी दिइन्। एनसेल प्रकरणका विषयमा मन्त्री शर्माले एनसेलको सेयर खरिद–बिक्रीको सन्दर्भमा सरकारले छानबिन गरिरहेको बताइन्।सञ्चार सेवाप्रदायक संस्थाले राजस्व छली गरेको पाइएको बताउँदै मन्त्री शर्माले ती संस्थालाई राजस्व असुल गराउन ताकेता हुँदै आएको प्रस्ट्याइन्।

सम्बन्धित समाचार