18.4k
Shares
काठमाडौँ - नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब अर्थ मन्त्रालयले स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन ।