काठमाडौंको तापक्रम निरन्तर घट्दै, चिसो बढ्दै जाने

16.8k Shares

काठमाडौं - काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेको भनाइ छ । उनका अनुसार काठमाडौंमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ जुन अहिलेसम्मकै कम हो र यो अझै घट्ने सम्भावना छ ।

काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार