आज अक्सिजन सिलिन्डर ल्याउन चीन जाँदै ‘वाइडबडी’

15.8k Shares

काठमाडौं । चीन सरकारले सहयोग गरेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर ल्याउन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज चीन जाने भएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार ४०० थान अक्सिजन सिलिन्डर र केही भेन्टिलेटर ल्याउन विमान चीन जान लागेको हो । आज राति साढे ११ बजे विमान बेइजिङतर्फ उड्ने उनले जानकारी दिइन् ।

अक्सिजन सिलिन्डर र केही थान भेन्टिलेटर लिएर निगमको विमान भोलि काठमाडौं आइपुग्ने जनाइएको छ ।

सम्बन्धित समाचार