चितवनबाट ३८० किलो अवैध गाँजासहित दुई भारतीय पक्राउ

16.2k Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१, आँपटारीबाट करिब ३८० किलो अवैध लागुऔषध गाँजा बरामद गरिएको छ । गाँजासँगै प्रहरीले दुईजनालाई मंगलबार बिहान पक्राउ गरेको जनाइएको छ । 

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लू ९६३१ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो ।

ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाएर २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गिरी चालक र राजपाल सहचालक हुन् ।

सम्बन्धित समाचार