बीवाईडीको डल्फीन ईभीले पायो ‘खरिदका लागि उत्कृष्ट कार’को अवार्ड

17.5k Shares

काठमाडौं । बीवाईडीको विद्युतीय गाडी (ईभी) डल्फीनले युरोपको प्रतिष्ठित अवार्ड ‘बेस्ट बाइ कार अफ युरोप–२०२४’ अर्थात् खरिदका लागि उत्कृष्ट कारको अवार्ड प्राप्त गरेको छ ।

 ‘अटोबेस्ट’ले युरोपभर बिक्री हुने कारमध्ये उत्कृष्टलाई प्रदान गर्दै आएको अवार्ड यस पटक बीवाईडीले प्राप्त गरेको हो ।

ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्दै बीवाईडी पहिलो नम्बरमा परेको हो । दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर गाडी परेका छन् ।

अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको युरोपभरका ३१ देशबाट आएका अटोबेस्ट पत्रकारले मतदान गर्दै डल्फीनलाई अवार्ड दिएको कम्पनीले जनाएको छ ।

उनीहरूले डल्फीनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको ‘पर्फेक्ट कारको संज्ञा दिएको बीवाईडीले बताएको छ ।

सम्बन्धित समाचार