काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ ले हरायो । पराजित भएसँगै सिटीको तत्काल उपाधि उचाल्ने योजना असफल भएको छ । सिटीलाई उपाधि उचाल्न एक जित आवश्यक छ ।
सिटीको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक/एक गोल गरे । सिटीका रहिम स्ट्रर्लिङले एक गोल गरे ।
खेलको ४४औँ मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीले पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । सर्जियो अग्युरो पेनाल्टीमा गोल गर्न चुके ।
६३औँ मिनेटमा जिएचले चेल्सीका लागि बराबरी गोल फर्काए । खेलको इन्जुरी समयमा अलोन्सोले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
जितसँगै चेल्सीले ३५ खेलबाट ६४ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा छ । उपाधिनजिक रहेको सिटी ८० अंक जोडेर शीर्ष स्थानमा छ ।