एनसेलको दादागिरी– सेयर खरिद बिक्रीको विवरण बुझाउन सधैँ आलटाल

18k Shares

काठमाडौं । एनसेलले आफ्नो सेयर खरिद बिक्री सम्बन्धी भएको विवरण अझै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छैन । पुस १ गतेसम्म एनसेलले प्राधिकरणमा कुनै कागजात बुझाएको छैन । एनसेलले मंसिर १९ मा प्राधिकरणलाई एक पत्र पठाउँदै सम्पूर्ण कागजात संकलन गरेर चाँडै नै सेयर खरिद बिक्री स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गर्ने भनेको थियो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आइतबारसम्म एनसेलले कुनै विवरण नपठाएको बताए ।  एनसेलको मूख्य कम्पनी आजियाटाले डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो । 

एनसेलको ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को नाममा छ भने २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ ।  मलेसियन कम्पनी आजियाटाको बेलायती कम्पनी आजियाटा युके लिमिटेड अन्तर्गत रेनोल्ड होल्डिङ्स रहेको थियो । 

सम्बन्धित समाचार