भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कबापत एकैदिन १६ अर्बभन्दा बढी राजस्व संकलन

20.2k Shares

काठमाडौं । एकैदिन १६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ ।१६ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ राजस्व शनिबार संकलन गरिएको हो ।

भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, आयकर र गैरकरबापत उक्त रकम संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

शनिबार आयकरबापत सबैभन्दा बढी रकम जम्मा भएको छ । आयकरबापत १३ अर्ब ९९ करोड १४ लाख रुपैयाँ संकलन भएको हो । मूल्य अभिवृद्धि करबापत ९८ करोड १८ लाख रुपैयाँ जम्मा भएको छ ।

यस्तै, भन्सार महसुलबापत ७४ करोड १६ लाख, अन्तःशुल्क ३८ करोड ८० लाख रुपैयाँ संकलन भएको छ । अन्य प्राप्ति शीर्षकमा एक करोड पाँच लाख रुपैयाँ जम्मा भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार