17.4k
Shares
काठमाडौँ । कालिन्चोक दर्शनले लाभांश विनै साधारण सभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २६ गतेका लागि साधारण सभा आह्वान गरेको हो । काठमाडौँको तीनकुनेमा हुने साधारण सभाको एजेन्डामा लगानीकर्तालाई लाभांश वितरणको विषय भने छैन ।
साधारण सभाका लागि कम्पनीले पुस १२ देखि २६ गतेसम्म १५ दिनका लागि बुक क्लोज गर्नेछ । साधारण सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षण नियुक्त गर्ने, संस्थापक समूहबाट सञ्चालक समितिमा ५ जना नियुक्त गर्ने लगायतका विषय छन् । यसबाहेक, हकप्रदको विषयमा समेत छलफल गर्ने एजेन्डा कम्पनीले सेट गरेको छ ।