ल क्याम्पसमा अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती

20.7k Shares

काठमाडौं, ३ चैत । नेपाल ल क्याम्पसमा २०३६ सालदेखि निरन्तर स्ववियु सभापति जित्दै आएको अनेरास्ववियुलाई यो पटक विरासत जोगाउने चुनौती देखिएको छ । किनभने सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार उठाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् ।

एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङ स्ववियु सभापतिको उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनका दलहरुको विद्यार्थी संगठनबीच तालमेल भए पनि अनेरास्ववियुलाई फरक नपर्ने जिकिर गर्छन् । विद्यार्थीसँग नजिक भएर काम गर्दै आइरहेकाले विद्यार्थीहरुले अनेरास्ववियुलाई मतदान गर्ने उनको दाबी छ । भन्छन्, ‘नेपाल ल क्याम्पसमा अनेरास्ववियु भन्दा अर्को संगठनले स्ववियु नेतृत्व लिएको इतिहास छैन । यो वर्ष पनि अनेरास्ववियुले नै नेतृत्व लिँदैछ ।’

उनको भनाइ अनुसार अनेरास्ववियुले स्ववियुको नेतृत्व लिने अर्को आधार भनेको स्ववियु नेतृत्वको लागि उठाएको टिम जातीय, क्षेत्रीय, लिंगीय रुपमा समावेशी हुनु हो ।

गठबन्धनको तर्फबाट सभापतिको उम्मेदवार बनेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेल भने यसपटक अनेरास्ववियुको विरासत तोडिइसकेको दाबी गर्छन् । अखिल क्रन्तिकारीको पहलले गर्दा नेपाल ल क्याम्पसमा बीए एलएलबी निरन्तरता भएको र सधैं विद्यार्थीको पक्षमा वकालत गर्दै आइरहेकाले आफूले जित्ने दाबी उनले गरे । भन्छन् ‘हामीले जितिसकेका छौं । यो पटक अनेरास्ववियुको विरासत तोडिन्छ ।’

गठबन्धन गरेका सबै संगठनको छवि क्याम्पसका विद्यार्थी माझ राम्रो भएकाले आफूहरुले नै चुनाव जित्ने

सम्बन्धित समाचार