सरकारले एनसेल बेच्ने तयारी गरिरहेको छ : ओली

15.4k Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् । 

बिहीबार तेह्रथुममा मेची–महाकाली अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नताबिना बेचिन नसक्ने दाबी गरे । 

उनले खर्बौको कारोबार हुने र मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए ।

चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको बताए । नागरिकहरूले सरकारको संलग्नता भनेपनि सरकार बोल्न नसकेको उनको भनाइ थियो । 

सम्बन्धित समाचार