कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

16.5k Shares

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको  भजनी नगरपालिका–५ लालबोजीमा सु।प।प्र।०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो ।

सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ । 

सम्बन्धित समाचार