8k
Shares
- डी.बी.नेपालीआज देश धुरुधुरु रुँदै छ। भ्रष्टाचार र वेथिति बिरुद्ध आवाज उठाउने १०/२८ का युवाहरुकाे अवस्था के छ र कता छन् थाह छैन उनिहरुकाे राष्ट्रलाई काेमाबाट जगाउने र राष्ट्र बचाउने अभियान लैनचाैरकाे एउटा साधारण पावरले हाइजेक गरेकाे कुरा वर्तमान सरकारकाे गठन र त्याे सरकारमा आफुखुशी चयन हुने नेपाली समाजमा राष्ट्रवादी र महान् भनेर मिडियाले सगरमाथा चढाएका कर्मचारीहरु छाँटीछाँटी चयन हुनुले विश्वमै परिवर्तनकाे रिकर्ड कायम भएकाे छ । असली जेनजीहरु आफुले बगाएकाे रगत ,आफ्ना माग तथा नेपाे बेबी र भ्रष्टाचार बिरद्ध शान्तिपूर्वक उठाएकाे आवाज र आन्दाेलनलाई सार्पशुटर ल्याएर नेपालकाे इतिहास,नेपालका ऐतिहासिक धराेहर, अपराधीका फाइलहरु, नेपालकाेसिमाना भाेलि अन्तर्राष्ट्रिय अदालतमा जानु पर्ने अवस्था आए देखाउने प्रमाणहरु, हत्यारा, कमिशनखाेर, बलात्कारी, सहकारी लुटेराहरुकाे कालाे कर्तुतका फाइलहरु जलाउने र स्वदेशमै राेजगारी गरेर जीवन यापन गर्ने युवाहरुलाई पनि बिदेशीकाे कमारा बनाउन बाध्य पार्ने जेनजीकाे कन्दामा राइफल राखेर जनता मार्ने खेल बिस्तारै नाङ्गीदै छ तर पिस्कर काण्डका जनहत्यारा,क. मदन र क. जीवराजका हत्यारा,बीस हजार आम नेपाली जनता मार्ने रुसाे, गान्धी, मार्क्स, लेनिन र माओकाे कसम खाएर कसैकाे दलाली कसरी र कुनहदसम्म गिरेर गरिरहेकाछन् भन्ने कुरा नेपाल आमा र नेपाली जनतालाई माया गर्ने हरेक नेपालीलाई थाह छ, उ संघर्षरतछ, उ आवाज उठाउछ, उ बिद्राेह गर्छ तर उसंग भएकाे सकारात्मक विचार र राष्ट्र प्रेमलाई हरेक पटक मनि र मशलकाे नकारात्मक वाइलर पावरले सलबलाउन पनि दिन्न।पृथ्वी नारायण शाहले एकिकरण गरेर बनाएकाे बिशाल नेपाललाई कसरी टुक्राटुक्रा पार्ने र संसारमा कसैकाे दास न बनेकाे संसारकाे एउटा मात्र हिन्दूराष्ट्र बिशाल नेपाल (Greater Gorkha Empire) लाई कसरी दास बनाउने खेल पृथ्वीनारायण शाहकै पालादेखि खेल्न शुरु भै सकेकाे थियाे तर उनकाे पालामा कसैकाे पनि बिद्राेह गर्ने शाहस भएन तर पृथ्वीनारायण शाहले एकिकरण गरेकाे बिशाल अखन्ड नेपाल उनैका सन्तान सत्ताकाे मात , अहंकार र विलासितामा डुबेर राष्ट्र र जनता प्रति उत्तरदायी हुन नसक्नु र आफ्नु पावर अरुलाई दिएर सत्ता चलाउन खाेज्नुकाे कारण १०४ बर्षसम्म अत्यन्त उथलपुतल र बिभादित जहानिया राणा शासन सम्पूर्ण नेपाली जनताले खेप्नु परेकाे र राणा शासनकाे कुव्यवस्था र अत्याचारकाे बिरुद्ध उठ्ने आवाज र त्याे व्यवस्था विरुद्ध जनतालाई सचेत गराउने र त्याे व्यवस्था फाल्न उठेका आन्दाेलनका नेताहरुकाे निर्ममता पूर्वक हत्या गरेर आन्दाेलनहरु कुल्चेकाे नेपालकाे इतिहास कसैबाट लुकेकाे छैन तर राणा शासनकाे किरुद्ध उठ्ने आवाजहरु या तेसका नेताहरु तथा आन्दाेलनहरु पनि सहयाेगकाे नाममा हाइज्याक गरिएर कुनै एउटा बाह्य शक्तिले बहुत मज्जाले खेलेकाे र आफ्नु आज्ञा मान्ने व्यक्तिहरुकाे हातमा सत्ता चलाउने गरि कठपुतलीहरु राख्न सफल भएकाे इतिहास साक्षि छ ।पृथ्वी नारायण शाहकाे नातीहरुकाे पाला देखि नै कमजाेर हुँदै गएकाे अखण्ड नेपाल मास्ने खेल बिभिन्न रुपमा नेपालकाे अखण्डता र सार्वभाैमिकता कला संस्कृति र संस्कार मास्न सकेसम्मका अनेक षडयन्त्र गर्दै र राष्ट्रमा अस्थिरता फैलाउदै आए पनि गाेला बारुद र संसार जित्न सफल ब्रिटिश एम्पाएरलाई खुकुरीले तर्साएर भगाउने साहसी बहादुर गाेर्खालीहरु जीवित रहुन्जेल संसार खान सक्ने जतिसुकै पावरफुल शक्ति जतिसुकै बल लगाएर लागि परे पनि, जतिसुकै दलाल राष्ट्रघाती एजेन्ट जन्माउन सफल भएपनि नेपाललाई सजिलै खान दिने छैन गाेर्खाली रगतले भन्ने कुरा दिनकाे घाम जस्तै छर्लङ्ग भै सकेकाे छ केही पलाटाहरु पलाएका देखिए पनि त्यस्तालाई उखेली फाल्न नेपाल आमाका सपुतहरु अहिले पनि जिउदै छन्। शाहवंशका शासकहरुकाे अहंकार र अक्रमन्यताले राणाशाशनकाे स्थापना गर्याे भने राणा शासनकाे अहंकार विलासिता र आपसी कलहले बिदेशी शक्तिलाई नेपालकाे पावर सेन्टरमा स्थापना गर्ने असफल काेशिस गर्याे तर चतुर र दुरदर्शी राजा महेन्द्रकाे हातमा सत्ताकाे बागडाेर आएपछि उनले दिल्लीले स्थापना गरेकाे प्रजातान्त्रिक सरकारलाई कु गरेर सम्पूण राजनैतिक अधिकार आफ्नु हातमा लिएर देशमा पञ्चायती शासन व्यवस्था लागु गरे ,पञ्यायती व्यवस्थाकाे बिरुद्ध उठने आवाज या पञ्चायती व्यवस्था विरुद्ध उठ्ने सबैलाई जेल हाल्ने,बाेल्न लेख्न नदिने गरि अधिकार खाेसे पनि राष्ट्रकाे विकासकाे लागि उद्याेगहरु, सडकहरु, शिक्षण संस्थाहरु, भूमिहिन या खान नपुग्ने जताकाे लाग सुकुम्वासी वस्तीहरुकाे व्यवस्थापन, भुमिसुधार जस्ता कानुन र याेजना आयाेग लगायत अन्य आयाेग गठन गरेर देशलाई विकासकाे रेसमा सहभागी गराए, राजा विरेन्द्रले पनि महेन्द्रकै बाटाे समाते पनि उनले लएकाे ज्ञान,शिक्षा प्रजातन्त्रकाे वकालत गर्ने भएकाे कारण उनि धेरै लिवरल भएर प्रजातान्त्रिक प्रणालीसंगै राजतन्त्रलाई मिसाएर लैजान खाेज्दा फेरी बाह्य शक्ति बलियाे हुँदै आयाे र आँखिर ०४६ मा राजतन्त्र र लाेकतान्त्रिक गणतन्त्र मिलेर संगै राष्ट्र हाँक्ने सहमतिमा आन्दाेलनले थकाइ मारे पछि बाह्य शक्तिकाे चाल सत्ताकाे लगाम हातमा परे पनि नेपाल राष्ट्रलाई दास बनाउन नसक्ने देखे पछि बहुमतकाे निर्वाचित सरकार आफ्नु कार्काल पुरा गर्न नसक्दै सत्ता गुमाउन पुग्याे भने २०४८ पछिकाे कुनै पनि सरकारले आफ्नु कार्यकाल पुरा गर्न सकेन भने अर्काे तिर संसद र संविधान स्वीकार गरेर संसदीय व्वस्थामा कसम खाएर लागेकाे एउटा दल देशलाई सिङ्गापुर बनाउने सपना बाँटेर स्कुलमा पड्न पठाएका १२/१५ बर्षका नाबालिक बच्चाहरुकाे हातमा बन्दुक र बारुद थमाएर गाँउकाे स्कुलमा पढाउने शिक्षक, भारतकाे गल्लीमा या कालालपहाडमा स्याउ बाेकेर जहान परिवार पाल्नेहरुलाई शाेषक र सामन्तकाे विल्ला भिडाएर १० बर्षसम्म २० हजार नेपाली जनता मार्न लगायाे।दलका नेताहरुकाे हत्या गर्न लगायाे, दरबारकाे वंशै नाश हुनेगरी दरबार हत्या काण्ड मच्चाउदा पनि उसले साेचे जस्ताे सत्ता स्थापित गर्न नसक्दा १२ बुँदे सम्झाैता गर्न लगाएर राजतन्त्रकाे अन्तकाे घाेषणा सहित गणतन्त्र स्थापनाकाे नाैटंकी गर्दै २०७२ मा नेपाल र नेपालीलाई अधिकारकाे, पहिचानकाे र समानता, समानुपातिककाे कालाे चश्मा लगाउन लगाएर नेपाली समाज र राष्ट्र टुकर्याउने खेलमा सफल भए पनि याे राष्ट्रलाई निल्न सकेन तर जनतामा निराशा, बेराेजगारी, महंगी, अन्याय अत्याचारकाे दवावमा च्यापेर बाध्यपारी ॐ नमाे शरणम् गच्छामी गरान खाेजेकाे तर त्याे यनेजना पनि सफल हुन नसके पछि जनतालाई फेरि आन्दाेलित कसरी बनाउने भन्ने खेलमा अहंकारी, विलासित, अकर्मन्य, घमन्डी, भ्रष्टाचारी, तस्कर, कमिशनखाेर, बिचाैलिया नेता र दलहरु बिरुद्द आवाज उठाउदै शान्तिपूर्ण आन्दाेलनमा उत्रेका जेनजी पुस्ताका १०/२८ बर्षका बच्चाहरुकाे टाउकाे र छातिमा ताकीताकी गाेली ठाेक्न लगाएर आन्दाेलित जेन्जीलाई मात्रै हाेइन उनका साथी भाइ आमाबाहरुलाई पनि उत्तेजित बनाएर काठमाडाैं लगायत देशैभरि भ्रष्ट,तस्कर, कमिशनखाेर,खाडीकाे ५०°मा पसिना बगाउने बाध्य नेपाली युवाले बगाएकाे रगत पसिनाकाे रेमिट्यान्स र आमनागरिक माथि थाेपरेकाे करमा माैज मस्ती गर्ने दलका नेता र उनका परिवारकाे अम्बानी जीवनशैली बिरुद्ध शान्तीपूर्ण आन्दाेलनमा घुसपैठ गराएर देशकाे राष्ट्रिय सम्पत्ति र स्वदेशमै बस्न चाहने युवाहरुलाई राेजगारी दिने व्यवसायी माथि, अपराधीहरु राख्ने जेल माथि,यिनका भ्रष्टाचारका फाइल, देशकाे इतिहास सुरक्षित राखख्ने ठाँउ, देशकाे नीति निर्माण गर्ने ठाँउमा आगजनी, आन्दाेलनलाई भड्काएर चुपलागेर लुकेर बस्ने तत्कालिन सत्ताधारी र बिपक्षी पार्टी, काठमाडाैंका मेअर एउटा झाेपडीमा आगाे लाग्दा दाैडर आइपुग्ने दमकल राष्ट्रकाे इतिहास, भ्रष्टाचारका फाइल पसलहरु, जेलहरु, मालपाेत कार्यालयहरु, दुइ दिनसम्म दनदनी जलिरंहदा पनि काेठामा लुकेर जलेकाे तमाशा र नाबालिक बच्चाकाे रगत सडकमा बगेकाे टिभीमा हेरेर रमाउने हत्याराहरु कसरी नेपाली जनताका अविभावक हुन सक्छन् ?एकातिर देश जलिरहेकाे थियाे, टाउकाे र छाती गाेलीले छेडेका महान शहीदका परिवार र आफन्तजन छाती चिरिने गरी राेइरहेका थिए भने अर्काे तिर असली जेनजी गायब र नक्कली जेनजी सत्ता हामिले पल्टायाेैं सरकार हामी बनाउछाैं, हामीले भनेकाे मान्छे बनाउनु पर्छ नत्र, राष्ट्रपति, सेना प्रमुख, प्रहरी प्रमुख सबैलाई तानेर ल्याएर जिउदै जलाउछाैं गाेली ठाेक्छाैं भनेकाे दृष्य सबै मिडियाहरुले बहुतै हाइलाइट गरेर सत्ता प्रमुख, प्रहरी प्रमुख, सेना प्रमुख आदिलाई भयभित बनाउने कार्यमा सहयाेग पुग्ने काम गरिरहेका थिए । छ सात दर्जन शहिदकाे वलिदानबाट स्थापित सरकारकाे, जेनजीका नेता हामी नै हाै भनेर दाबी गर्नेहरुकाे कनेक्शन कताकता जाेडिएकाे छ भन्ने कुरा छर्लङ्ग भैसकेकाे छ । याे राष्ट्रलाई हेदराबाद र तेलंगना बनाउन नसकेर, सिक्किम भुटान बनाउन नसकेर फिजी बनाउने त्ययारी अंतिम स्टेजमा पुगेकाे त हाैइन भन्ने डर याे राष्ट्रलाई माया गर्ने, याे राष्ट्रलाई सही सलामत बाँचेकाे देख्न चाहने राष्ट्र प्रेमीहरुकाे बीचमा चिन्ता र छलफलकाे विषय बनेकाे छ भने कतै लेण्डुप दाेर्जेकाे पुनर्जन्म नेपालमा भएकाे त हाेइन भन्ने आशंका पनि उप्जेकाे देखिन्छ । कतै कतै कुनै दुतावासले याे सरकार चयन गरेकाे भन्ने हल्ला पनि सुनिन्छ र यसमा चयन भएकाहरुलाई जति चाेख्याउन खाेजिए पनि उनिहरुकाे सम्लग्नता डिपस्टेट, डाेनेशन र बिदेशी गुप्तचर संस्थासंग रहेकाे पनि सामाजिक संजालले भनेकाे सुनिन्छ । याे आन्दाेलनले त गणतन्त्र र त्यसका नेता तथा याे व्यवस्था हु ब हु मान्नेहरु याे देश चलाउन सक्दैनन् नयाँ व्यवस्था आउनु पर्छ भन्थे तर अहिले त भ्रष्टाचार निर्मुलका कुरा, सुशानका कुरा कतै छैन, शान्तिपूर्ण आन्दाेलन गर्नेकाे टाउकाे र छाती छियाछिया पार्ने माथि कार्वाहीकाे कुरै छैन । मन्त्री बनाउने,चुनाब गराउने, पसलहरुमा सामन चाेर्ने चाेरहरुलाई सामान फिर्ता गर भन्ने कार्य वाहेक यत्राे दिनसम्म कसै माथिकार्वाही भएकाे सुनिएकाे छैन । एउटा सामान्य आन्दाेलनलाई शान्तिपूर्ण तरिकाले सम्हाल्न नसक्ने सेना र प्रहरीकाे भूमिका पनि चाेखाे, राष्ट्र र जनताकाे रक्षा गर्न सक्छ भन्ने कुरामा प्रश्नचिन्ह खडा गरेकाे छ ।अहिले र यति मात्रै हाेइन क.मदन भण्डारी,क. जीवराज आश्रीत तथा दरबार हत्या काण्डमा पनि सेना प्रहरीकाे भूमिका कतै देखिन्न अनि भन्ने वेला नेपालकाे प्रहरी संसार मै उत्तम अरे हाे साँच्चै उत्तम् नै रहेछ आदेश र चाकडी गर्नमा ? सार्वजजिक ठाँउमा,रेल्बे स्टेशन आदीमा "आफ्नु सामानकाे सुरक्षा आफै गर्नु हाेला" भनेर लेख्नुकाे कारण त यस्ताे प रहेछ ,हाम्राे जिउ धनकाे सुरक्षा गर्न भनेर हाम्राे करबाट तलव खाने प्रहरी सेनाले त तमाशा मात्रै हेर्ने रहेछन् । अब त सडककाे छेउछाउमा,सार्वजनिक ठाँउमा,मन्त्रालय र कार्यालयमा ठाँउ ठाँउमा जताततै " जनता जनार्दनले आफ्नु र आफ्नु राष्ट्रकाे सुरक्षा आफै गर्नु हाेला"भनेर हाेडिङ्बाेर्ड टाग्नु पर्छ जस्ताे वातावरण सिर्जना भएकाेछ । अब चुनाब हुन्छ,फेरि तिनै नेता र दलकाे सरकार बन्छ अनि आन्दाेलन हुन्छ केही जनता मारिन्छन । रामायण महाभारत काल देखि ,राजा,राणा र प्रजाकाे शासन कायम गरियाे ,सत्ता बदलियाे भनेर जति कराए पनि फरक कतै केही देखिदैन । लडाइ लडाइ लडाइ अलावा ? लक्षणहरु निराशाजनक देखिए पनि २०८३ सम्म आशावादी बनाैं जेनजीहरुले उठाएकाे वास्तविग माग पुरा हाेस रास्ष्ट्र र जनताकाे काँचुली फेरिओेस ? शहीदहरुकाे आत्माले शान्ति पाओस,घायलहरुकाे शीघ्र स्वास्थ्य लाभ हाेस,शान्ति पूर्ण जुलुशमा सहभाभी बच्चाहरुकाे टाउकाे र छातीमा गाेली ठाेक्ने हत्यारा पत्ता लगाएर कार्वाही गरिओेस ?